Comments Add Comment

कालिस, अब्बास र लिसालाई ‘आईसीसी हल अफ फेम’ सम्मान

७ भदौ, काठमाडौं । दक्षिण अफ्रिकी लेजेण्ड्री अलराउण्डर ज्याक कालिस, पाकिस्तानका उत्कृष्ट ब्याट्सम्यान जाहिर अब्बास र अष्ट्रेलियन महिला टिमका पूर्व कप्तान लिसा स्टालेकर आइतबार आईसीसीको हल अफ फेमबाट सम्मानित भएका छन् ।

आइसीसीले २०२० मा ३ उत्कृष्ट खेलाडीलाई हल अफ फेम सम्मान प्रदान गरेको हो ।

कोभिड-१९ महामारीका लागि आईसीसीले भर्चुअल रुपमा हल अफ फेम सम्मान कार्यक्रम आयोजना गरेको थियो । कमेन्टेटर एलान विलकिन्सले सञ्चालन गरेको उक्त कार्यक्रममा सुनिल गावास्कर सन पोल्लक मेलानी जोन्स जस्ता खेलाडी उपस्थित थिए ।

भारतका लेजेण्ड गावास्करले हल अफ फेम सम्मान पाउने तीनै जना खेलाडी उत्कृष्ट भएको बताएका थिए ।

४४ वर्षीय अलराउण्डर कालिसले दक्षिण अफ्रिकाका लागि १६६ टेष्ट, ३२८ ओडीआई र २५ टी-२०आई खेलेका छन् । १९९५ मा खेल्न सुरु गरेका उनले २०१४ मा सन्यास लिएका थिए । कालिसले टेस्टमा १३ हजार २८९ र ओडीआईमा ११ हजार ५७९ रन बनाएका छन् । यस्तै उनले टेष्टमा २९२ र ओडीआईमा २७३ विकेट लिएका छन् ।

यस्तै पुनेमा जन्मिएका लिसा स्टालेकरले अष्ट्रेलियाका लागि ८ टेष्ट, १२५ ओडीआई र ५४ टी-२०आई खेलेकी छिन् ।

यस्तै एसियन ब्राडम्यानको रुपमा परिचित जाहिर अब्बासले पाकिस्तानका लागि ७८ टेष्ट ६२ ओडीआई खेल खेलेका छन् । उनले टेष्टमा ६ हजार ६२ र ओडीआईमा २ हजार ५७२ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment