Comments Add Comment

अब के गर्ने बार्सिलोना गएपछि थाहा हुन्छ : काउटिन्हो

८ भदौ काठमाडौं । बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोएमनका लागि फिलिप काउटिन्होलाई के गर्ने भन्ने समस्या परेको छ । यी ब्राजिलयन मिडफिल्डर बायर्न म्युनिखमा एक सिजन लामो लोन अवधी सकेर बार्सिलोना फर्कदैछन् ।

बायर्नसंग च्याम्पियन्स लिग उपाधि जितेपछि काउटिन्होले आफ्नो भविष्य के हुने भन्ने क्याम्पनोउ फर्केपछि थाहा हुने बताएका छन् । ‘निश्चय नै म बार्सिलोना फर्कनुपर्नेछ र त्यसपछि के हुन्छ हेरौंला’ आइतबार पीएसजीविरुद्धको फाइनलमा १-० को जितपछि काउटिन्होले मुभिस्टार प्लससंगको अन्तर्वार्तामा भने ।

काउटिन्होले च्याम्पियन्स लिग मेडल पनि आफूसंग क्याम्पनोउ लैजानेछन् । जसले उनलाई लिभरपुलबाट उपाधि जित्न नसकेको चोटमा मलम लगाउनेछ । काउटिन्होले छाडेपछि लिरभपुलले च्याम्पियन्स लिग जितेको थियो ।

काउटिन्होले यो सिजन समग्रमा राम्रो भएको प्रतिक्रिया दिए । ‘हाम्रो सिजन एकदम राम्रो भयो र हामी धेरै खुशी छौँ’ उनले थपे ‘हामी यसको लायक थियौं र यो विशेष अनुभव रह्यो । म यसलाई बयान गर्नै सकिरहेको छैन । म एकदमै खुशी छु र हामी आज रमाइलो गर्नेछौँ ।’

फाइनलमा पिएसजीले केही अवसर पाएपनि सदुपयोग गर्न सकेन । झिनो अन्तरले मात्र बायर्नले उपाधि जित्न सकेको उनले बताए । ‘फाइलन सधैँ यस्तै हुन्छ । हामीले आफ्नो इमोसनलाई कन्ट्रोल गर्‍यौं र अहिले हामी च्याम्पियन भयौं’ काउटिन्होले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment