+
+

सुशान्त सिंहको मुद्दामा नाम जोडिएपछि सुरजले छाडे इन्स्टाग्राम

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ८ गते १२:२९

बलिउडका कलाकारहरु अत्याधिक ट्रोलको शिकार भएपछि सामाजिक संजालबाट बाहिरिन थालेका छन् । नायिका सोनाक्षी सिन्हाले ट्विटर एकाउन्ट बन्द गरिसकेकी छिन् । आलिया भट्ट, करण जोहर जस्ता बलिउडकर्मीले सामाजिक संजालमा कमेन्ट बक्स बन्द गरेका छन् ।

अब, नायक सुरज पंचोलीले इन्स्टाग्रामबाट बाहिरिने निर्णय लिएका छन् । नायक सुशान्त सिंह राजपुतको निधन भएपछि निरन्तर ट्रोलको शिकार भएका सुरजले इन्स्टाग्राममा रहँदा आफूलाई श्वास लिन गाह्रो भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–‘हामी फेरि मिल्नेछौ, इन्स्टाग्राम । आशा गर्दछु कि फेरि हाम्रो भेट हुँदा यो दुनियाँ सुन्दर हुनेछ । मलाई श्वास लिन जरुरी छ, किनकी मलाई अहिले समस्या भैरहेको छ ।’

सुरजले इन्स्टाग्रामबाट आफ्ना सम्पूर्ण तस्वीर हटाएका छन् । उनले मैनबत्ती बल्दै गरेको एक तस्वीर मात्र इन्स्टाग्राममा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?