Comments Add Comment

कोरोना संक्रमितको शव आफैं व्यवस्थापन गर्न मेडिकल कलेजलाई आग्रह

९ भदौ, चितवन । भरतपुर अस्पतालले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव आफैं व्यवस्थापन गर्न मेडिकल कलेजहरुलाई आग्रह गरेका छन् ।

कोरोना संक्रमण परीक्षणको रिपोर्ट नआउँदै मृत्यु भएका व्यक्तिको शव मेडिकल कलेजहरुले भरतपुर अस्पतालको शव गृहमा पठाउने गरेका छन् । यसले शव व्यवस्थापन र संक्रमणको जोखिम बढेको भन्दै भरतपुर अस्पतालले शवको व्यवस्थापन आफैं गर्न मेडिकल कलेजहरुलाई भनेको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापन आफैं गर्न मेडिकल कलेजहरुलाई आग्रह गरेको बताए ।

कोभिड–१९ को शंकास्पद अवस्थाको शवसमेत आफैँले व्यवस्थापन गर्न भरतपुर अस्पतालले मेडिकल कलेजहरुलाई आग्रह गरेको छ ।

पोस्टमार्टम गर्नुपर्ने शवमात्रै भरतपुर अस्पताल पठाउन चितवनका दुई ठूला मेडिकल कलेजलाई भरतपुर अस्पतालले सूचनामार्फत अनुरोध गरेको छ ।

पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएका एक संक्रमितको शव भरतपुर अस्पतालको शव गृहमा राखेपछि अस्पतालले सूचना निकालेर शव व्यवस्थापन आफैंले गर्न भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment