+
+

बीपी प्रतिष्ठान आएका बिरामीलाई नफर्काउन मुख्यमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ९ गते १६:१७

९ भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई बोलाएर उपचारका लागि आएका बिरामीलाई नफर्काउन निर्देशन दिएका छन् ।

मंगलबार वीपीका उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर मुख्यमन्त्री राईले प्रतिष्ठानले बिरामी फर्काउन थालेको गुनासो आएको बताए ।

उनले प्रतिष्ठानमा ५०० क्षमताको आइसोलेशन बनाएर लेभल थ्रीको कोभिड अस्पताल चलाउन र नियमित सेवा पनि दिन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?