+
+
Shares

भिडियोमा व्यस्त नाजिर, तर दर्शकले कती रुचाए ?

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ११ गते १४:०६

चलचित्र ‘होस्टेल रिटन्टर्स’बाट उदाएका नायक हुन् नाजिर हुसेन । नाजिरले यो चलचित्रमा आफ्नो अभिनयको खुबी देखाएपछि उनलाई अफरको लाइन नै लाग्यो । उनले अफर आएका धेरै चलचित्रमा काम गरे । तर, पछिल्लो केही समयदेखि भने चलचित्रमा असफलता भोगिरहेका नाजिरलाई निर्माताले पनि खासै पत्याएका छैनन् ।

चलचित्रमा कमजोर बन्दै गएपछि नाजिर म्यूजिक भिडियोमा व्यस्त हुन थाले । अहिले उनको माग म्यूजिक भिडियोमा खुबै छ । लकडाउनपछि मात्र उनले अभिनय गरेका आधा दर्जन भिडियो रिलिज भएका छन् । पल शाह, सागर लम्साल, नाजिर हुसेन लगायतका मोडलको दबदबा म्यूजिक भिडियोमा देखिन्छ ।

नाजिर म्यूजिक भिडियोमा कतै रोमान्टिक देखिएका छन् भने कतै उनको गहकिलो अभिनय हेर्न पाइन्छ ।

नाजिरले अभिनय गरेका धेरै भिडियोको भ्यूज भने औषत देख्न सकिन्छ । ३ दिन अगाडि रिलिज भएको ‘गुलेलीमा’ बोलको गीतको भिडियो होस् या २ साता अगाडि रिलिज भएको ‘डुप्लिकेट माया’को भिडियो नै किन नहोस्, भ्यूज औषत छ ।

तर, दर्शकले नाजिरको कामको भने प्रशंसा गरेका छन् । चलचित्र निरन्तर असफल भएपछि भिडियोतर्फ लागेका नाजिरलाई भिडियोले राम्रो फाइदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?