+
+
Shares

बलात्कार आरोपमा पक्राउ परेका वडाध्यक्ष कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ११ गते १९:२१

११ भदौ, गोरखा । बलात्कार आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडानम्बर-४ का अध्यक्ष ठाकुरकान्त रानाभाट कारागार चलान भएका छन् ।

बिहीबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले ४६ वर्षीय रानाभाटलाई थुनामा राख्ने आदेश दिएको हो ।

१५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी गत साउन १६ गते पक्राउ परेका हुन् । उनीविरुद्ध जवरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो । ‘अनुसन्धान पश्चात उहाँलाई हामीले सरकारी वकिल कार्यालयमा पठायौ,’ डीएसपी वासुदेव खतिवडाले भने, ‘कार्यालयले अभियोजनका लागि अदालत पेस गर्‍यो, अदालतले आज पूर्पक्षका लागि थुनामा राख्न आदेश दियो ।’

तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका उनलाई जनता समाजवादी पार्टीले तत्कालका लागि सबै जिम्मेवारीबाट निलम्वनसमेत गरिसकेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?