Comments Add Comment

सीपीएल : ट्रिनबागोको लगातार पाँचौ जित

१२ भदौ, काठमाडौं । तीन पटकको च्याम्पियन ट्रिनबागो नायट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा लगातार पाँचौ जित हात पारेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा ट्रिनबागोले गायना अमेजन वारियर्सलाई ७ विकेटले पराजित गरेको हो । लगातार पाँच खेल जित्दै एक्लो अपराजित टोली बनेको ट्रिनबागो १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेल खेलिसकेको गायाना चौथो हारपछि ४ अंकसहित चौथो स्थानमा छ ।

क्विन्स पार्क ओभलमा भएको खेलमा गायनाले दिएको ११३ रनको लक्ष्य ट्रिनबागोले १८.२ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो । ट्रिनबागोका लागि टिम सेइफर्टले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए । उनले ३० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । यस्तै टिम बेस्टरले २७ रन बनाए भने डारेन ब्राभोले अविजित २६ रन जोडे । गायनाका इमरान ताहिरले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गायनाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ११२ रन बनाएको थियो । गायानाका लागि शिमरो हेतमायरल र रोस टेरले समान २६ रन बनाए । यस्तै कमो पउल २८ रनमा अविजित रहे । ट्रिनबागोका लागि खरी पिएरेल ३ विकेट लिए ।

नावीको ५ विकेट जुक्सको पाँचौ जित

यस्तै बिहीबार भएको खेलमा मोहम्मद नावीले ५ विकेट लिँदा सेन्ट लुसिया जुक्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई पराजित गरेको छ ।

जुक्सले प्याट्रिओट्सलाई ६ विकेटले पराजित गर्दै लगातार पाँचौ जित हात पारेको हो । पहिलो खेलमा जमका तल्लावाहजसँग पराजित भएयता जुक्सले लगातार पाँच खेल जितेको हो ।

प्याट्रिओट्सले दिएको १११ रनको लक्ष्य जुक्सले १४.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । जुक्सको लागि नजिबुल्लाह जद्रानले ३३, रोस्टन चेसले २७ र रकिम कर्नवेलले २६ रन बनाए । प्याट्रिओट्सका इमरान खानले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्याट्रिओट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनाएको थियो। बेन डंकले ३३ रन बनाए । जुक्सका लागि नावीले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । सीपीएलको इतिहासमै यो तेस्रो उत्कृष्ट स्पेश हो भने नावीको व्यक्तिगत उत्कृष्ट बलिङ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment