Comments Add Comment

विद्यालयभित्र तास खेल्ने प्रधानाध्यापकसहित ११ जना पक्राउ

फाइल तस्वीर

१२ भदौ, चितवन । कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका  प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बिहीबार दिउँसो १ बजेतिर प्रहरीले विद्यालयबाट उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।

उनीहरुलाई जुवा ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी निरीक्षक घर्तीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment