Comments Add Comment

चितवनको पुष्पाञ्जली अस्पतालमा पनि कोरोना संक्रमितको मृत्यु

१२ भदौ, चितवन । चितवनको पुष्पाञ्जली अस्पतालमा पनि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको शुक्रबार (आज) विहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

शुक्रवार विहानै चितवन मेडिकल कलेज भरतपुरमा हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।

पुष्पाञ्जली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सन्दिप पाण्डेले भेन्टिलेटरमा उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको बताए । ती पुरुष लामो समयदेखि दमका बिरामी रहेको अस्पतालले जनाएको छ ।

भदौ ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भदौ ५ गते विहान १० बजे श्वासप्रश्वासमा गम्भिर समस्या आएर अस्पताल भर्ना भएपछि ती पुरुषलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो ।

पुष्पाञ्जली अस्पतालमा हाल एक जना संक्रमितको आइसीयूमै उपचार भइरहेको छ भने अर्का एक जना डिस्चार्ज भएका छन् । चितवनमा अहिलेसम्म ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमित भएर मृत्यु हुनेमा चितवन जिल्लाका चारजना, मकवानपुरका तीनजना र कैलालीका एकजना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment