Comments Add Comment

जापानका प्रधानमन्त्रीद्वारा राजीनामाको तयारी

१२ भदौ, काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले प्रधानमन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन् । जापानी सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार स्वास्थ्य अवस्था राम्रो नभएको कारण उनले राजीनामा दिन लागेका हुन् ।

आबे सन् २०२१ को सेप्टेम्बरसम्मको कार्यकालका लागि प्रधानमन्त्री चुनिएका थिए । उनले यसअघि नै जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्ने कीर्तिमान कायम गरिसकेका छन् ।

कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि सरकारले चालेको कदमबारे प्रधानमन्त्री आबेको आलोचना हुँदै आएको थियो । साथै उनको पार्टीका सदस्यमाथि लागेको आरोपको कारण पनि प्रधानमन्त्रीमाथि प्रश्न उठेको थियो । कोरोना भाइरसको महामारीको कारण जापानको अर्थतन्त्रमा ठूलो असर देखिएको छ । प्रधानमन्त्री आबेले मुलुकको अर्थतन्त्रलाई सही लयमा फर्काउने वाचा गरेका थिए ।

आबेको स्वास्थ्यमा गत जुलाईदेखि समस्या देखिन थालेको र अगष्टको सुरुसम्म आइपुग्दा उनको स्वास्थ्यअवस्था झन् बिगि्रएको हो ।

स्रोत : जपान टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment