Comments Add Comment

विदुर नीति : जीवनोपयोगी छन् यी कुराहरु

संसारका प्रमूख सुख के हुन् ? कस्ता व्यक्ति सधै दुःखी हुन्छन् ? बुद्धिमान वा पुरुषार्थी हुनुको लक्षण के हुन् ? कस्ता अवगुणले आत्मालाई नष्ट गर्छ ? कस्ता प्रवृत्तिले व्यक्तिको आयु घटाउँछ ? मान्छेलाई सधै चासो र सरोकार हुने विषय हुन् यी । यही विषयमा महात्मा विदुरले विस्तारमा त्यस्ता मुलभूत सार बताएका छन्, जो जीवनोपयोगी हुनसक्छ ।

शास्त्रकुशल, नीतिविद् विदुर सत्य, ज्ञान, साहस, निष्पक्ष निर्णयका लागि कहलिएका थिए । उनले महाभारत युद्ध रोक्नका लागि अनेक प्रयास गरेका थिए । यद्यपि उनको प्रयास सफल भएन ।

संसारको प्रमुख ५ सुख

‘अर्थोगमो नित्यमरोगिता च, प्रिया चभर्या प्रियवादिनी च । वश्यच्श्र पुत्रोर्थकरी च विद्या, षड् जीवलोकस्य सुखानी राजन् ।’ धनको प्राप्ति हुनु, सधै स्वस्थ्य रहनु, वशमा रहने वाला सन्तान हुनु, प्रिय बोल्ने जीवनसाथी हुनु, मनोरथ पूर्ण गर्ने विद्या हुनु । अर्थात यी ५ कुराले नै संसारमा सुख प्राप्त हुन्छ ।

अर्थात राम्रो आयआर्जन छ, शरीर निरोगी र तन्दुरुस्त छ, जीवनसाथी समझदार र दयालु छन्, आफ्ना सन्तान आज्ञाकारी छन् र आफ्नो जीवनलाई उत्कृष्ट बनाउने कला, सीप एवं ज्ञान हुनु भनेको संसारको प्रमुख सुख हुन् ।

तीन अवगुण

‘परस्त्रीका स्पर्श, पर धनका हरण, मित्रका त्याग रुप ।’ यी तीन दोष हुन्, जसले कामवासना, लोभ र क्रोध उत्पन्न गर्छ । यी तीन दोष नर्कको द्वार हुन् । त्यसैले यी कुराबाट सधै सर्तक रहनुपर्छ । ‘त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मनः । कामः क्रोधस्तथा लोभस्तस्मादेतत् त्रयं त्यजेत् ।’

५ प्रकारका दुःखी व्यक्ति

निम्न ५ प्रकारका व्यक्ति सधै दुःखी रहन्छन् । इष्र्या गर्ने, घृणा गर्ने, क्रोधी, सधै सशंकित रहने, अरुमाथि निर्भर रहने व्यक्ति सधै दुःखी हुन्छन् । जो अर्काको धन, सौन्दर्य, बल, कुल, सुख, सौभाग्य वा सम्मानको इष्र्या गर्छन्, उनीहरु खुसी रहन सक्दैनन् ।

अधर्मी व्यक्तिका लक्षण

जो कर्ममा विश्वास गर्दैनन्, आफन्तजनप्रति विश्वस्त हुँदैनन्, मित्रलाई परित्याग गर्छन् त्यस्ता व्यक्ति अधर्मी हुन्छन् । आफ्नो र जगतको उन्नती चाहने व्यक्तिले तन्द्रा, निद्रा, भय, क्रोध, आलस्य र प्रमाद यी दोष त्याग्नुपर्छ ।

को हुन् पण्डित ?

जो राम्रो काम गर्छन्, खराब कामबाट टाढा रहन्छन्, जो श्रद्धालु छन्, उनको यो सद्गुण पण्डित हुने लक्षण हुन् । जो पर्याप्त धन, विद्या, ऐश्वर्य, शक्ति पाएर पनि त्यसमा घमण्ड गर्दैनन्, उनी पण्डित कहलिन्छन् । जुन व्यक्तिको काममा न सर्दी, न गर्मी, न भय, न, अनुराग छ उनै पण्डित कहलिन्छन् ।

यस्ता व्यक्तिको आयु छोटो हुन्छ

अत्यान्त घमन्डी, धेरै बोल्ने, त्यागको अभाव भएका, स्वार्थी, साथीलाई धोका दिने व्यक्तिको आयु छोटो हुन्छ ।

यी गुण कहिल्यै त्याग्नु हुन्न

मानिसले कहिले पनि यी गुण त्याग्नु हुन्न–सत्य, कर्म, क्षमा, धैर्य ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment