Comments Add Comment

कोरोना भाइरसको विरुद्धको खोपका लागि अब कहिलेसम्म पर्खनुपर्नेछ ?

‘कोरोना नेपालसम्म आइपुग्दैन ।’, ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमताले सजिलै कोरोना भाइरसलाई जित्नेछ ।’, ‘कोरोना लागेमा तातो पानी र बेसार खाएमा निको हुन्छ ।’ यस्ता यस्तै मनगढन्ते हल्ला फैलिरहँदा धेरैलाई लागेको थियो, कोरोनाले अब केही गर्दैन । तर, अहिले स्थिति फरक छ । कोरोनाले सर्वत्र भय र आतंक पैदा गरेको छ । कोरोना संक्रमणको दर र मृत्यु दरसमेत अनियन्त्रित ढंगले बढ्दो मात्रामा छ । यस्तो अवस्थामा धेरैका लागि चासो र सरोकार बनेको छ, कोरोना भाइरस विरुद्धको खोप ।

आखिर कहिले यो खोप तयार हुन्छ ? हामीकहाँ कहिले व्यवहारिक प्रयोगमा आउँछ ? यसै सन्दर्भमा बिबिसीले एउटा रिपोर्ट प्रकासित गरेको छ, कोरोना भाइरसको खोपका लागि अब विश्वले कहिलेसम्म प्रतिक्षा गर्नुपर्नेछ ?

केही समयअघि रुसले कोरोना भाइरस बिरुद्ध खोप तयार गरेको व्यापक चर्चा भएको थियो । उक्त खोपको नाम स्पुतनिक ५ राखिएको छ । स्पुतनिकको अर्थ स्याटलाइट हुदो रहेछ । सोभियत युनियनले सन् १९५७ मा विश्वको पहिलो स्याटलाइट बनाएको थियो, जसको नाम स्पुतनिक राखिएको थियो । अतः जसरी अन्तरिक्षको दौडमा उछिनेको थियो, त्यसैगरी कोरोना भाइरस बिरुद्धको खोपमा पनि अग्रपंक्तिको दौडमा आफुलाई प्रमाणित गर्न रुसले खोपको नाम स्पुतनिक ५ राखेको हो ।

बिबिसीको रिपोर्ट अनुसार उक्त खोप रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीलाई दिइएको थियो, जो अहिले पूर्णत निको भएकी छिन् ।

यद्यपि पुटिनले खोपका सम्बन्धमा जुन दाबी गरेका छन्, त्यसमा वैज्ञानिकहरु भने विश्वस्त छैनन् । रुसले उक्त खोप करिब ७६ जनामा प्रयोग गरेको बताएको छ । रुसको यो खोपलाई सबै मुलुकले सहज रुपमा स्विकार गर्ने स्थिति भने देखिएको छैन । किनभने विश्वको थुप्रै मुलुक अहिले यस भाइरस बिरुद्ध खोप बनाउने कार्यमै जुटिरहेका छन् ।

त्यसो त अहिले वैज्ञानिकहरुले कोरोना भाइरस बिरुद्धको खोप चाडै बन्ने बताइरहेका छन् । उनीहरुका अनुसार सन् २०२० को अन्तिममा वा २०२१ को सुरुवातीमै कोरोना भाइरसको खोप तयार भइसक्नेछ ।

कोरोना महामारीलाई काबुमा राख्नका लागि विश्वभरका रिसर्च इन्स्टिच्युट र फर्मास्यूटिकल कम्पनी खोप निर्माणमा तिब्रतासाथ जुटिरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीनका तीन, अमेरिकाका दुई र बेलायतका एक खोप परीक्षणको अन्तिम चरणमा छ । यसमा तीन अलग टेक्नोलोजी प्लेटफर्म प्रयोग भइरहेको बताइन्छ । बिबिसी रिपोर्ट अनुसार बेलायतमा अक्सफोर्ड युनिभर्सिटी र ग्लोबल ड्रग्स फर्मा एस्टरजेनले मिलेर खोप बनाइरहेको छ, त्यसमा कोरोना भाइरसँग मिल्दोजुल्दो भाइरस प्रयोग गरिएको छ । अमेरिककाको औषधि कम्पनीले जुन खोपमा काम गरिरहेको छ, त्यसमा जेनेटिक म्याटेरियलको मद्दतले स्पाइक प्रोटिन तयार गरिनेछ । त्यसैगरी चीनमा सायनोवेक बायोटेक नामक औषधि कम्पनीले काम गरिरहेको छ, जसले उपचारका लागि भाइरसलाई नै प्रयोग गरिरहेको छ । यी सबै खोपको सुरक्षा र इम्युन रेस्पोन्स थाहा पाउनका लागि अपेक्षाकृत कम व्यक्तिमाथि परीक्षण भइसकेको छ । अब यी खोपहरुलाई तेस्रो चरणको प्रयोग गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment