+
+
Shares

कोरोना संक्रमणबाट मोरङमा थप एकको मृत्यु

हरि अधिकारी हरि अधिकारी
२०७७ भदौ १३ गते १९:२५

१३ भदौ, विराटनगर । विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका- २ का ६१ वर्षीय पुरुषको शनिबार विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३ भदौमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । मुटुसम्बन्धी रोगबाट पीडित उनको शनिबार मृत्यु भयो ।

उनको बिहीबार स्वाब संकलन गरिएको भएपनि शनिबार मृत्यु भइसकेपछि पोजेटिभ रिपोट आएको पथरी शनिश्चरे नगरपालिकाका मेयर दीलिप राईले जानकारी दिए ।

त्यसबेलासम्म आफन्तले  शव लगिसकेकका थिए ।

 कोरोना नगेटिभ देखिएको भन्दै आफन्तले शव लगेको तर पोजेटिभ रिपोर्ट आएपछि प्रशासनलाई खबर गरेको न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए ।

लगतै नेपाली सेनाको टोलीले बाटोबाटै शव लगेर अन्त्येष्टि गरेको मेयर राईले बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?