Comments Add Comment

मेरो पहिलो फिल्मको पारिश्रमिक १५ हजारः स्वस्तिमा

स्वस्तिमा खड्का अहिलेकी व्यस्त नायिका हुन् । चलचित्रमा उनको माग राम्रो छ । हालै मात्र, उनले चलचित्र ‘चिसो मान्छे’ काम गर्ने पक्का गरेकी छिन् । उनी अभिनित चलचित्र ‘चपली हाइट ३’ रिलिजका लागि तयार भएको पनि लामै समय भैसकेको छ ।

स्वस्तिमाले चलचित्र करिअरको सुरुवात ‘होस्टेल रिटर्न्स’बाट गरेकी हुन् । यो चलचित्रबाट डेब्यू गरेका केही कलाकारमध्ये स्वस्तिमा र नायक नाजिर हुसेनले यो क्षेत्रमा बलियो उपस्थिती जनाइरहेका छन् । नायक सुशिल श्रेष्ठ सफलताको खोजी गरिरहेका छन् ।

स्वस्तिमाले यो चलचित्रबाट कती पारिश्रमिक पाएकी थिइन् होला ? एक दर्शकको प्रश्नमा जवाफ दिदै स्वस्तिमाले भनेकी छिन्–‘मैले यो चलचित्रका लागि १५ हजार पारिश्रमिकमा संझौता गरेकी थिएँ । तर, अझै पनि आधा रकम त लिन बाँकी नै छ ।’

तर, स्वस्तिमाले यो चलचित्रले नै आफूलाई यो स्थानसम्म ल्याएको बताएकी छिन् । उनले चलचित्रका निर्माता, निर्देशकसँग आफ्नो कुनै गुनासो नरहेको पनि स्पष्ट पारेकी छिन् । स्वस्तिमाले तपाई के चलचित्र निर्माण गर्न सक्नुहुन्छ भन्ने एक दर्शकको प्रश्नमा भनेकी छिन्–‘म अहिले नै चलचित्रमा पुरा लगानी गर्न त सक्दिनँ । तर, शेयर भने हाल्न सक्छु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment