Comments Add Comment

मेस्सी बहिर्गमनको अर्को ट्विस्ट : ७०० मिलियन क्लज एक्टिभ नै छैन

१४ भदौ काठमाडौं । लिओनल मेस्सीको ट्रान्सफर सागमा अर्को ट्विस्ट देखापरेको छ । मेस्सीको रिलिज क्लज ७०० मिलियन युरो रहेको भनिए पनि उनको सम्झौताको अन्तिम सिजन त्यो एक्टिभ नरहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

साडेना सेरले शनिबार यो दावा गरेका छन् र मेस्सीको ७०० मिलयन रिलिज क्लज अन्तिम वर्ष लागू हुँदैन । मेस्सीले पछिल्लो पटक सन् २०१७ मा सम्झौता नवीकरण गरेका थिए र त्यो थप ३ वर्षको लागि थियो । त्यसमा एक वर्ष थप्न सकिने विकल्प थियो । त्यसैले उनको त्यति धेरै रिलिज क्लज २०२०-२१ मा लागू नहुने भएको हो ।

बार्सिलोना त्यही रिलिज क्लजलाई आधार बनाउँदै मेस्सीलाई क्लबमा राख्ने कसरतमा छ । तर ३३ वर्षीय फरवार्ड मेस्सीको वकिलले यसबारे बुझिसकेका छन् । यद्यपि क्लबले भने यो कुरालाई ध्यान दिएको छैन ।

प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी मेस्सीलाई अनुबन्ध गर्न सबैभन्दा अघि देखिएको र प्रशिक्षक पेप ग्वार्डिओलाको सम्झौता पनि नवीकरण गर्ने प्रयासमा रहेको द मिररले जनाएको छ ।

मेस्सी र पेपले २००८ देखि २०१२ सम्म बार्सिलोनमा सँगै बिताएका थिए । पेप त्यसपछि जर्मनी हुँदै इंग्ल्याण्ड पुगेका हुन् ।

बार्सिलोनाका कप्तान मेस्सीले गत मंगलबार आफूले क्लब छाड्न चाहेको भन्दै पत्र पठाएका थिए । उनी अर्को सिजनको सुरुआतअघि क्याम्पनोउ छाड्न चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment