
१४ भदौ, काठमाडौं । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित मध्ये सुर्खतका ८ जना, सल्यानका ६ जना, रुकुम पश्चिम र अछामका ४/४ जना, हुम्ला, बर्दिया, काठमाडौं / रौतहटका एक/एकजना रहेका छन् ।
यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २४०२ पुगेको छ । त्यसमध्ये २०७१ जना डिस्चार्ज भइसकेका छन् । आइतबार मात्रै १३ जना डिस्चार्ज भएका छन् । प्रदेशमा हालसम्म ६ जनाको भने मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4