+
+
Shares

करेन्ट लागेर दुई युवाको मृत्यु, माछा चोर्न गएको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १५ गते ११:१५

१५ भदौ, चितवन । चितवनमा माछापोखरी छेउमा राखिएको तारमा करेन्ट लागेर दुईजना युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–८ का अन्दाजी ३५ वर्षीय नवराज दराई र अन्दाजी ३५ वर्षकै निर बहादुर रानामगर रहेका छन् ।

स्थानीय चूडामणि शर्मालगायतले भरतपुर ८ सल्यानी टोलमा सञ्चालन गरेको माछापोखरीको डिलमा राखिएको तारमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापाले बताए ।

माछापोखरीमा दैनिक माछा चोरी भएपछि माछापोखरीको डिलमा राखिएको तारमा रातको समयमा करेन्ट छाड्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृतकहरुको साथमा जालसमेत भेटिएको छ । उनीहरू माछा चोर्न गएको हुनसक्ने आशंका गरिएको छ ।

शवको मुचुल्का उठाउने काम भइरहेको र शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइने थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?