
१५ भदौ, काठमाडौं । लकडाउनपछि नेपालमा पहिलो हिमाल आरोहण अनुमति दिइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी १५ सेप्टेम्बरपछि लागू हुने गरी पहिलो आरोहण अनुमति दिने निर्णय गरेको हो ।
सरकारले बहराइनका राजकुमारसहितको १५ जनाको टोली र ३ जना बेलायती नागरिकलाई नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिएको हो ।
उनीहरु चार्टर्ड विमानबाट नेपाल आउने छन् । यसरी आउने टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड भने पालना गर्नुपर्ने भएको छ ।
यसकारले शरद ऋतुको हिमाल आरोहण खुला गर्ने निर्णय भने यसअघि नै गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4