
१५ भदौ, काठमाडौं । मन्त्रिपरिषदले सहायक रथी विनयविक्रम राणालाई उपरथीमा बढुवा गरेको छ । उनलाई पश्चिम पृतनाको पृतनापतिका रुपमा पठाइएको छ ।
राणा हाल सैनिक सचिवको रुपमा कार्यरत थिए । उपरथी राजेन्द्र कार्कीले अवकाश पाएपछि रिक्त रहेको ठाउँमा उनको बढुवा भएको हो ।
यसैबीच, नेपाली सेनाका सहायक रथी अरुणकुमार पालले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ ।
जंगीअड्डामा बुझाइएको राजीनामामा उनले घरायसी कारण देखाएका छन् । तर, सैनिक स्रोतले भने उनले संयुक्त राष्ट्र संघमा जागिर पाएपछि सेनाबाट राजीनामा दिएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4