Comments Add Comment

सोमबार विदेशबाट ४०९ जना नेपाल फर्किए, ४ जनाको शव पनि आयो

१५ भदौ, काठमाडौं । सोमबार विदेशबाट ४ सय ९ जना नेपाली नागरिक घर फर्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सोमबार हिमालय एयरलाइन्सले अबुधावीबाट १ बच्चासहित १ सय ५५ जना नेपाली घर फर्किएका छन् ।

उता, नेपाल एयरलाइन्सले भने दुबईबाट २ सय ५४ जना नेपालीलाई घर ल्याएको छ । यो उडानबाट ४ वटा शवसमेत नेपाल ल्याइएको छ ।

दुबईबाट नेपाल आउने क्रममा टिकट काटिसकेका केही नेपाली भने ओभर स्टेका कारण जरिवाना बुझाउन नसकेपछि विमानस्थलमै रोकिएको बताइएको छ ।

लामो समय ओभर-स्टे हुादा उक्त मुलुकको अध्यागमनको चर्को शूल्क तिर्न नसकेका करीव डेड दर्जन नेपाली दुबई एयरर्पोर्टमै रोकिएका छन् । सोमबार राती हिमालय र नेपाल एयरलाइन्सको जहाज दोहाका लागि उड्दैछन् । यी जहाज यात्रु बोकेर भोली नेपाल आउनेछन् ।

सोमबार आन्तरिकतर्फ समिट एयरले काठमाडौंबाट ४ यात्रु बोकेर डोल्पा उडेको थियो । यो जहाज फर्कँदा भने १६ यात्रु काठमाडौं भित्रिए । समिट एयरकै अर्को जहाजले सिमिकोटबाट १८ जना यात्रुलाई काठमाडौं ल्यायो । मनाङको हेली ३ यात्रु बोकेर फाप्लु उडेको थियो ।

फर्कादा २ यात्रु लिएर आयो । मनाङको अर्को हेली ३ यात्रुसहित फाप्लु गएकोमा एक जना यात्रु बोकेर फर्कियो । कैलास हेली ३ यात्रु सहित बुटवल गएको थियो ।
फर्कादा २ यात्रु ल्याएर काठमाडौं आयो । सिता एयरले सुर्खेतबाट ६ जना यात्रुलाई काठमाडौं ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment