+
+
Shares

कञ्चनपुरमा नदीमा डुबेर २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १६ गते ९:३३

१६ भदौ कैलाली । कञ्चनपुरमा माछा मार्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । एक जनालाई स्थानीयले उद्धार गरेका छन् ।

जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर २ कञ्जका १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको दोदा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

‘सोमबार दिउसो नदीमा माछा मार्न गएका उनीहरु डुबेका हुन्,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘अर्की १२ वर्षीया अनु रानालाई स्थानीय बासिन्दाले सकुशल उद्धार गरे ।’

दुवैको शव बगेको स्थानबाट करिब तीन सय मिटर टाढा फेला परेको उनले जानकारी लिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?