Comments Add Comment

मंगलबार विदेशबाट २६४ जना नेपाल आए

बाहिरिने एक जना मात्रै

१६ भदौ, काठमाडौं । मंगलबार त्रिभुवन विमानस्थलमा ५ वटा अन्तर्राष्ट्रिय उडान-अवतरण भएका छन् । यी उडान-अवतरणबाट २६४ जना यात्रु नेपाल आएका छन् ।

एक यात्रु भने विदेशिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हिमालय एयरलाइन्सले दोहाबाट आज १२६ यात्रुलाई काठमाडौं ल्याएको छ ।

नेपाल एयरलाइन्सले समेत दोहाबाटै १३८ जनालाई काठमाडौं ल्याएको हो । आज नेपाल एयरलाइन्सको जहाज कुवेत उड्दा एक यात्रु लगेर गएको छ ।

आजै एयर अरेवियाको जहाज कार्गो बोकेर काठमाडौं आएको छ । आज राति एक बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिता जाँदैछ । यो उडान नियमित उडान अन्तर्गत भएको हो । यो जहाज बुधबार काठमाडौं फर्कनेछ ।

आजै हिमालय एयरलाइन्सको जहाज कार्गो उडानका लागि कुनमिङ जाँदैछ । बुधबार भने माल्दिम्भमा रहेका नेपालीलाई लिन हिमालय एयरलाइन्सको जहाज त्यता जाने कार्यक्रम छ । कतार एयरवेज दोहाबाट काठमाडौं आउँदैछ ।

आन्तरिकतर्फ मंगलबार समिट एयरले सिमिकोटबाट १७ जनालाई काठमाडौं ल्याएको छ । श्री एयरको हेलीले डोल्पाबाट २ यात्रुलाई काठमाडौं ल्याएको तथ्यांक छ । प्रभुले लमजुङ जाँदा एक यात्रु बोकेर गएकोमा एक यात्रु नै बोकेर काठमाडौं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment