Comments Add Comment

डोटीमा २१ सैनिकमा कोरोना संक्रमण पुष्टि

१६ भदौ, डोटी । नेपाली सेनाका २१ जना सैनिक कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ मा सुल्लेकमा रहेको नेपाली सेनाको गरुबक्स गणमा कार्यरत २१ जना सैनिकमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए ।

मलासीका अनुसार डोटी जिल्ला अस्पतालको प्रयोगशालामा मंगलबार भएको परीक्षणबाट सैनिकहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित सैनिकहरु नेपाली सेनाको आइसोलेसनमा रहेका र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मलासीले बताए ।

त्यसैगरी दिपालय सिलगढी नगरपालिका–६ मा दुई जना र केआईसिंह गाउँपालिका–४ मा एक जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

उनीहरुको पालिकाको आइसोलेसनमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment