Comments Add Comment

बार्सिलोनाबाट सेभिया फर्किए राकिटिक

१६ भदौ, काठमाडौं । बार्सिलोनाबाट खेल्दै आएका क्रोसियन मिडफिल्डर इभान राकिटिक स्पेनकै अर्को क्लब सेभिया फर्किएका छन् ।

राकिटिक सेभिया फर्कने विषयमा दुवै क्लबबीच सहमति भएको बार्सिलोनाले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ । सेभियाले राकिटिकलाई १.५ मिलयन युरो तिर्नेछ र अरु ९ मिलियन थप भुक्तान गर्ने बार्सिलोनाले जनाएको छ ।

राकिटिकले यसअघि सन् २०११ देखि २०१४ सम्म सेभियाका लागि खेलेका थिए । उनी क्याटलान क्लब बार्सिलोनामा ६ बर्ष बिताएर फेरि सेभिया फर्कने भएका हुन् ।

उनले सेभियासँग २०२४ जुन ३० सम्मको सम्झौता गरेका छन् ।

राकिटिकले सन् २०१४ मा टुरिनमा युरोपा लिग जितेपछि सेभिया छाडेका थिए । सन् २०१३-१४ सिजनमा उनी सेभियाको कप्तान थिए र आफ्नै कप्तानीमा सेभियालाई युरोपा लिग जिताएका थिए ।

क्याम्प नोउमा ६ वर्ष बिताउँदा राकिटिकले कूल ३१० खेल खेल्दै ३५ गोल गरे भने ४२ गोलका सागि सहयोग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment