Comments Add Comment

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि

१६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि भएको छ । चितवनका ३ जना, काठमाडौं र पर्साका २/२ जना र बारा, मकवानपुर, सुनसरी र सिराहका एकएक जनाको मृत्यु भएको छ ।

  • भरतपुर-११, चितवनका ६५ वर्षीय पुरूषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनी सोमबार नै भरतपुर अस्पताल भर्ना भएका थिए ।
  • भरतपुर-११, चितवनकी १८ वर्षीया युवतीको महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
  • खैरहनी नगरपालिका-१३, चितवनकी ५५ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनीमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
  • बाँसवारी, काठमाडौंका ७० बर्षीय पुरुषको सहिद गंगालाल राष्ट्रिय मुटु केन्द्रमा मृत्यु भएको छ । भदौ ११ गते अस्पताल भर्ना भएका उनलाई १३ गते कोरोना पुष्टि भएको थियो । उनी उच्च रक्तचाप तथा मधुमेहका बिरामी थिए ।
  • केन्द्रीय कारागारमा बन्दी रहेका काठमाडौंका ३५ बर्षीय पुरुषको मेघा अस्पताल ललितपुरमा मृत्यु भएको छ । क्षयरोग तथा मानसिक समस्या भएका उनलाई १२ गते अस्पताल भर्ना गरिएको थियो र १४ गते कोरोना पुष्टि भएको थियो ।
  • वीरगञ्ज-२०, पर्साका ५३ वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा मृत्यु भएको छ । टाईप टु मधुमेह र मिर्गौलाको समस्याबाट ग्रसित उनलाई कोरोना संक्रमण भउको साउन ३१ गते पुष्टि भएको थियो ।
  • नारायण अस्पतालमा मृत्यु अन्दाजी ६० वर्षकै पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । ज्वरो र कमजोरीका कारण १३ भदौमा इर्मजेन्सीमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो । उनको सनाखत हुन सकेको छैन ।
  • कोल्हबी, बाराका ६० वर्षीय पुरुषको कोभिड अस्पता गण्डकमा मृत्यु भएको छ । उनी भदौ १० गते अस्पताल भर्ना भएका थिए ।
  • हेटौंडा-१५, मकवानपुरका ५८ बर्षीय पुरुषको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ । भदौ १४ गते भर्ना भएका उनलाई १५ गते कोरोना पुष्टि भएको थियो । उनी निमोनियाका बिरामी थिए ।
  • सोमबार मृत्यु भएका धरान-११, सुनसरीका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण उनको मृत्युपछि स्वाब संकलन गरिएको थियो ।
  • मिर्चैया नगरपालिका-६, सिराहाका ६५ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । भदौ १० गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो ।

०६९ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १२ हजार ८८ नमुना परीक्षण गर्दा ३४४ महिला र ७२५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । उनीहरुमध्ये २३९ जनाको मृत्यु भएको छ भने २२ हजार १७८ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७६८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment