Comments Add Comment

ट्रिनबागोको लगातार सातौं जित, सन्दीप सम्मिलित जमैका १९ रनले पराजित

१७ भदौ, काठमाडौं । ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा अपराजित यात्रा कायम राख्दै लगातार सातौं जित हात पारेको छ ।

कलिन कनरोको अर्धशतक मद्दतमा ट्रिनबागोले नेपाली क्रिकेट सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाहजलाई १९ रनले पराजित गरेको हो । सन्दीपले खेलमा १ विकेट लिए । उनले लगातार ७ खेलमा विकेट लिएका हुन् ।

लगातार ७ जितसहित १४ अंक जोडेको ट्रिनबागो शीर्ष स्थानमा छ ।

ट्रिनबागोले दिएको १८५ रनको लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो। आन्द्रे रसेलले अविजित ५० रन बनाए पनि जितसम्म पुर्‍याउन सकेनन् । रसेलले २३ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे ।

ट्रिनबागोका लागि फवद अहमदले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ट्रिनबागोले कलिन मनरोको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो । मनरोले ५४ बलमा ६५ रन बनाए । यस्तै कप्तान काएरन पोलार्डले १६ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा अविजित ३३ रन बनाए ।

जमैकाका लागि कार्लोस ब्रेथवेइटले २ विकेट लिए । सन्दिपले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । लगातार सातौं खेलमा विकेट लिएका सन्दिपले ७ खेलमा १० विकेट लिएका छन् र सर्वाधिक विकेट लिनेमा पाँचौ स्थानमा छन् ।

यस्तै अर्को खेलमा गाएना अमेजन वारियर्सले बार्बेडोस ट्राइडेन्ट्सलाई ८ विकेटले पराजित गर्दै चौथो जित हात पारेको छ । ८ खेलबाट ८ अंक रहेको गाएनाले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । ८ खेलबाट ४ अंक मात्र रहेको साविक विजेता बार्बेडोस भने पाँचौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment