
१७ भदौ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । उदयपुर कटारी नगरपालिका-६ बस्ने ३८ वर्षीय जीबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट लागु औषध विनरेक्स ७२ बोत्तल र नाइट्राभेट ट्याब्लेट १०५ पिस फेला परेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज-१३ राधेमाई टोल बस्दै आएका कार्कीलाई सोमबार दिउँसो पौने चार बजे डेराबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । उनको कोठा खानत तलासी गर्दा विनरेक्स ७२ बोत्तल र नाईट्राभेट ट्याब्लेट १०५ पिस बरामद भएको उनले बताए ।
गत आर्थिक वर्ष ०७६/७७ मा प्रहरीले अदालतमा लागु औषध ओसारप्रसारविरुद्ध १११ वटा मुद्धा दर्ता गरेको छ । त्यसमा संलग्न १ सय ७२ जनालाई पक्राउ गरेको छ ।
गाँजा ६२४ किलो, चरेश २८ किलो, अफिम १ किलो २५० ग्राम, फेनारगन ३ हजार ५३ एम्पुल, डाईजील्याब ३ हजार ३६४ एम्पुल, नुफिर्न ३ हजार १०१ एम्पुल, निट्राभेट ६ हजार १२ थान र कोरेक्स ८ सय ३४ एम्पुल बरामद गरेको छ ।
प्रतिक्रिया 4