+
+
Shares

पेस्तोल देखाएर रकम असुल्ने गिरोहका ५ जना पक्राउ

हरि अधिकारी हरि अधिकारी
२०७७ भदौ १७ गते १३:३५

१७ भदौ, विराटनगर । पेस्तोल देखाएर रकम असुल गर्ने गिरोहका ५ जना मोरङमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भई विराटनगर जलजला मोडमा रहेको चाइना बजारमा काम गर्ने २७ वर्षका राजु साह, कटहरी गाउँपालिका–२, आदर्शनगरका २६ वर्षीय किसन साह र २८ वर्षीय रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरी बोदेबर्साइन–८ का नन्दकिशोर साह रहेका छन् ।

पक्राउ परेकाहरुले केही समयअघि विराटनगरका दुई व्यापारीलाई धम्की दिएर रकम मागेका थिए । तीमध्ये एक जनाबाट ५ लाख रुपैयाँ असुलेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

असार २५ गते र साउन १३ गते उनीहरुले बिराटनगरका व्यापारीलाई धम्क्याएर रकम मागेका थिए । उनीहरुले २५ असारमा रकम माग गरेका व्यापारीले विराटनगर गुद्री बजार कञ्चनबारी चोकमा पुगेर एक पटक एक लाख र एक पटक चारलाख रकम बुझाएका थिए । अर्का ब्यापारीले भने पटक पटक धम्की आएपछि प्रहरीलाई सूचना दिएका थिए ।

यही समूहले चाइना बजार सञ्चालक नरेश साहको घरबाट ११ लाख चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

तीन राउण्ड गोली पड्काए, तीन राउण्ड भेटियो

प्रहरीले अपराधिक समूहको साथबाट एकथान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने तीन राउण्ड गोली, नगद ९७ हजार रुपैया, १६ थान मोबाइल, कोटक महेन्द्रा नाम लेखिएको भारतीय बैंकको दुई थान चेक, तीनवटा मोटरसाइकल र एउटा चक्कु बरामद गरेको छ ।

यो समूहका नाइके नाइके अभिषेक हुन । पेस्तोल भने कटहरीका रबिनको घरमा भेटिएको हो । रबिन काठको मिस्त्री हुन् ।

भारतबाट पेस्तोल र छ राउण्ड गोली किनेको समूहले तीन राउण्ड गोली भने पड्काइसकेको पाइएको छ । ‘रकम मागेको घरमा पेस्तोल फायर गरेका थिए, एउटा घरको पर्खालमा गोली लागेको डोब पनि छ’ प्रहरी उपरीक्षक खड्काले भने ।

पक्राउ परेकाहरुलाई हातहतियार खरखजना, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाइएको खड्काले बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?