
१८ भदौ, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एकजना कोरोना संक्रमित गर्भवतीले शल्यक्रियामार्फत सन्तानको जन्म दिएकी छन् ।
अस्पतालले बिहीबार अर्घाखाँचीको मालारानी गाउँपालिकाकी २२ वर्षीया महिलाले अस्पतालका सर्जन डा. विष्णु गौतमको नेतृत्वमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् ।
शल्यक्रियापछि चार केजी तौलको बच्चा जन्माएकी आमा र बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालका सूचना अधिकारीसमेत रहेका डा.गौतमले बताए ।
आमा र बच्चाको पीसीआर परीक्षणपछि नेगेटिभ रिपोर्ट आएपछि डिस्र्चाज गरिने डा. गौतमले बताए ।
केही दिनअघि भैरहवाकी कोरोना संक्रमित २२ वर्षीय महिलाको पनि शल्यक्रिया गरी बच्चा जन्माइएको सूचना अधिकारी गौतमले बताए ।
अब बेड अभाव बाहेकको अवस्थामा कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया र प्रसूतिका लागि अन्यत्र रिफर नगरिने डा. गौतमले बताए ।
यसअघि लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना संक्रमित गर्भवती महिलालाई नेपालगन्ज रिफर गरेपछि आलोचना भएको थियो ।
प्रतिक्रिया 4