+
+
Shares

अवैधरुपमा नदीजन्य पदार्थ ओसार्ने १४ टिपर नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १९ गते १२:५७

१९ भदौ, रौतहट । रौतहटमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गरी ओसारपसारमा प्रयोग भएका १४ वटा टिपरहरु सशस्त्रले नियन्त्रणमा लिएको छ ।

रौतहटको वाग्मती नदीबाट उत्खनन गरिएको गिट्टी बालुवा जिल्लाको विभिन्न भागमा ढुवानी भइरहेको अवस्थामा सशस्त्र प्रहरी बल सन्तपुरले टिपर नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिलाई बुझाएको हो ।

नदी उत्खननको ठेक्का बन्द रहेको अवस्थामा अवैध तरिकाले निकालिएको नदीजन्य पदार्थहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी ११ नं. गण रौतहटले जनाएको छ ।

आर्थिक वर्ष सकिएसँगै तीन महिनका लागि नदीजन्य पदार्थको निकासीको इजाजत बन्द भएको हुन्छ ।

नदीबाट अवैध किसिमले ढुङ्गा गिट्टी निकालेर व्यवसायिक प्रयोजनको लागि लैजादै गरेकोले पक्राउ परेका सवारी साधनहरुलाई कारबाही गरिने जिल्ला समन्वय समितिका लेखापाल देवकुमार यादवले बताए ।

नियन्त्रणमा लिएका सवारी साधनमा लोड गरिएको सामान जफत गरेर सवारी साधनलाई नियमानुसान कारबाही गरिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?