
१९ भदौ, काठमाडौं । अनामनगरमा श्रीमतीलाई छुरा प्रहार गरेर हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी–९ घर भएका ३६ वर्षीय अजय विक छन् ।
उनले श्रीमती ३३ वर्षीया पार्वती खड्कालाई छुरा प्रहार गरेर हत्या गरेको अभियोग छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारको टोलीले उनलाई सोमबार बेलुकी पक्राउ गरेको हो ।
घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4