Comments Add Comment

पहिलो टी-२० मा अष्ट्रेलियाविरुद्ध इंग्ल्याण्डको रोमाञ्चक जित

२० भदौ, काठमाडौं । इंग्ल्याण्डले अट्रेलियाविरुद्धको पहिलो टी-२० क्रिकेटमा २ रनको रोमाञ्चक जित हात पारेको छ । जितपछि घरेलु टोली इंग्ल्याण्डले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

१६३ रनको लक्ष्य पछ्याउने क्रममा गतिलो सुरुवात गरेको अष्ट्रेलियाले खेलको मध्यतिर निरन्तर विकेट पतन हुँदा २० ओभर खेल्दै ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो ।

पहिलो विकेटका लागि कप्तान आरोन फिन्च र डेविड वार्नरले ११ ओभरमा ९८ रनको साझेदारी गरेका थिए । ४६ रन बनाएर फिन्च आउट भएपछि अष्ट्रेलियाले सम्हालिएर खेल्न सकेन र जित नजिक पुगेर पनि पराजित भयो ।

अष्ट्रेलियाका लागि वार्नरले सर्वाधिक ५८ रन जोडे । मार्कुस स्टोइनिसले १८ बलमा अविजित २३ रन बनाएपनि जितसम्म पुर्‍याउन सकेनन् । इंग्ल्याण्डका लागि जोफ्रा बर्चर र एदिल रसिदले २-२ विकेट लिए ।

त्यसअघि सासउथह्यापटनको रोस बलमा टस हारेर पहिले ब्याटिङ गरेरको इंग्ल्याण्डले पनि आरमक सुरुवात गर्नुका बाबजुत ७ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

तीन खेलाडीले मात्र दोहोरो अंक जोडेको इंग्ल्याण्डको लागि डेविड मालानले अर्धशतक प्रहार गरे । मालानले ६६ रन बनाउँदा ओपनर जोस बटलरले ४४ रन जोडे । क्रिस जोर्डनले अविजित १४ रन बनाए । मालान खेलको म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment