Comments Add Comment

हाभार्ट चेल्सीमा

२० भदौ, काठमाडौं । जर्मन फुटबलर काऐ हाभार्ट प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्ध भएका छन् । उनी नयाँ सिजनका लागि चेल्सी पुग्ने दोस्रो जर्मन खेलाडी हुन् ।

यसअघि लण्डन क्लब चेल्सीले जर्मनीमा टिमो वेर्नरलाई आरबी लाइपजिगबाट अनुबन्ध गरेको थियो ।

चेल्सीले हाभार्टलाई जर्मन क्लब बायर लेभरकुजनबाट ७१ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । जुन क्लबको दोस्रो महँगो ट्रान्सफर रकम हो । चेल्सीले २०१८ मा गोलकिपर केपालाई ७१.६ मिलयन पाउण्डमा अनुबन्ध गरेको थियो ।

‘म यहाँ आउन पाउदा खुशी छु । चेल्सी जस्तो ठूलो क्लबका लागि खेल्ने सपना पूरा भएको छ,’ हाभार्टले भने ।

जर्मनीका अन्तर्राष्ट्रिय खेलाडी हाभार्टले बुण्डेसलिगा क्लब लेभरकुजनका लागि ११८ खेलमा ३६ गोल गर्नुका साथै २५ असिस्ट समेत गरेका छन् ।

हाभार्ट फ्राङ्क लाम्पार्डको टिममा अनुबन्ध हुने सातौं खेलाडी हुन् । नयाँ सिजनका लागि चेल्सी टिम मजबुत बनाउने प्रयास गरिरहेको छ ।

यसअघि अयाक्सबाट हाकिम जियाच, लेस्टरबाट बेन चिलवाल र पिएसजीबाट थियागो शिल्भालाई पनि अनुबन्ध गरिसकेको छ । यस्तै चेल्सीले ज्याभिएर एमबुएम्बा मलाङ सारलाई पनि अनुबन्ध गरेको छ । सार लोनमा खेल्नेछन् भने एमबुएम्बा चेल्सीको यू-२३ टिमबाट खेल्नेछ ।

चेल्सीले सेप्टेम्बर १४ मा ब्राइटनविरुद्ध खेल्दै नयाँ सिजन सुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment