Comments Add Comment

नेशन्स लिग : इटली बराबरीमा रोकियो, नेदरल्याण्ड्स विजयी

२० भदौ, काठमाडौं । युइएफए नेशन्स लिग अन्तर्गत शुक्रवार राति भएको खेलमा इटली बराबरीमा रोकिँदा नेदरल्याण्ड्सले जित हात पारेको छ ।

लिग एअन्तर्गत समूह एकको खेलमा इटलीले बोसनिया एण्ड हर्जगोभिनासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

एडेन जेकोले ५७औं मिनेटमा गोल गर्दै बोसनियालाई पहिले अग्रता दिलाएका थिए । ६७औं मिनेटमा स्टेफानो सेन्सीले इटलीका लागि बराबरी गोल फर्काएका थिए ।

लिग एको समूह एकको अर्को खेलमा नेदरल्याण्ड्सले पोल्याण्डलाई १-० ले पराजित गर्दै ३ अंक जोडेको छ । डच टोलीका लागि स्टेफेन बर्गविनले खेलको ६१औं मिनेटमा निर्णायक गोल गरे ।

नेसन्स लिगकै लिग बीअन्तर्गत समूह एकको खेलमा अष्ट्रियाले नर्वेलाई २-१ ले पराजित गर्दा रोमानिया र उत्तर बयरल्याण्डले १-१ को बराबरी खेलेका छन् । यस्तै समूह ‘बी’को लिग दुईको खेल चेक रिपब्लिकले स्लोभाकियालाई ३-१ ले पराजित गर्दा स्कटल्याण्ड र इजरायलले १-१ को बराबरी खेले ।

लिग ‘सी’ को समूह चारमा अल्वानियाले बेलारुसलाई २-० ले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment