Comments Add Comment

एनओसीले सबै ओलम्पियनको बीमा गर्ने

२१ भदौ काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने भएको छ ।

एनओसीको शनिबार बसेको भर्चुअल बैठकले नेपालका सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, एनओसीका सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने निर्णय गरेको छ ।

एनओसीले कोरोना संक्रमित महासचिव निलेन्द्र राज श्रेष्ठसहित अन्य ४ कर्मचारी कोरोनामुक्त भएकोसमेत जनाएको छ । यसैगरी कोरोना संक्रमित नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता तथा ओलम्पियन जित बहादुर केसीलाई स्वास्थ्यलाभको कामना गरेको छ ।

यस्तै एनओसी बैठकले एनओसीको मेडिकल कमिसनका अध्यक्ष डा. सरोज कृष्ण श्रेष्ठलाई लकडाउनपछि संघको कार्यालय संचालनका लागि नयाँ सुरक्षा प्रोटोकल तयार गर्न भनेको छ ।
एनओसीले सबैलाई डब्ल्यूएचओ र नेपाल सरकारको गाइडलाइन्स पालना गर्नसमेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment