Comments Add Comment

प्रधानमन्त्रीले निजी क्षेत्रसँग छलफल गर्दै

२१, भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा छलफल गर्न निजी क्षेत्रलाई बालुवाटार बोलाएका छन् । साँझ साँढे ५ बजे निजी क्षेत्रका तीनवटै नेतृत्वदायी संस्थाका प्रतिनिधिलाई बालुवाटार बोलाइएको स्रोतले जानकारी दियो ।

‘नेपाल उद्योग वाािण्ज्य महासंघ,नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका नेतृत्वसहित तीन-तीन जना पदाधिकारीलाई छलफलमा बोलाइएको छ,’ बालुवाटार स्रोतले भन्यो ।

काभिड-१९ले अर्थतन्त्रमा पारेको प्रभाव तथा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ । छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसहित अर्थ र उद्योग तथा वणिज्य मन्त्रालयका सचिवहरु पनि सहभागी हुने बताइएको छ । साँढे पाँच बजे प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटारबाट खबर गरिएको एक उद्योगपतिले  पुष्टि गरे ।

‘समसामयिक विषयमा छलफल भनिएको छ, कोभिड-१९ सँगसँगै अर्थतन्त्र कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्ने भनिएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment