+

आईपीएल २०२० को खेल तालिका सार्वजनिक

२०७७ भदौ  २१ गते १७:४१ २०७७ भदौ २१ गते १७:४१
आईपीएल २०२० को खेल तालिका सार्वजनिक

२१ भदौ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आइतबार १३औं संस्करणको आईपीएल टि-२० प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

खेलतालिका अनुसार साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किङ्सबीच सेप्टेम्बर १९ मा उद्घाटन खेल हुनेछ ।

गत मार्चमा सुरु हुने ओरिजिनल तालिका भए पनि कोरोना महामारीका कारण आईपीएल हुन सकेको थिएन । यसपटक आईपीएल युएईको तीन मैदानमा हुँदैछ ।

यस्तै सेप्टेम्बर २० मा नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबसँग खेल्नेछ । यस्तै तेस्रो खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरसँग, चौंथो खेलमा राजस्थान रोयल्सले चेन्नईसँग / पाँचौ खेलमा कोलकत्ता नाइटराईडर्सले मुम्बईसँग खेल्नेछ ।

कोरोना भाइरसको कारण आईपीएलको १३औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ ।

खेला तालिका –

आईपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय