+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

निषेधाज्ञा थपिए पनि २४ गतेपछि मालपोत खुलाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २२ गते ११:२८

२२ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । २४ गतेपछि पनि निषेधाज्ञा थप भए पनि मालपोत कार्यालयहरु भने खुलाउनका लागि तयारी सुरु भएको छ ।

लामो समय मालपोत कार्यालयहरु बन्द हुँदा सेवाग्राहीहरु समस्यामा परेको भन्दै भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले यस्तो तयारी गरेको हो । २४ गते पछाडि निषेधाज्ञा थप भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्ने गरी कसरी खोल्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

‘निषेधाज्ञा थप थपिएला कि जस्ता देखिएको छ, निषेधाज्ञा थपिए पनि उच्च सतर्कता अपनाएर सेवा दिनु पर्छ भन्ने राय आएको छ’ मन्त्रालयका ति अधिकारीले भने, ‘सम्भवतः बुधबार वा बिहीबारदेखि सेवा सुरु हुन्छ होला ।’

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले पनि यस विषयमा छलफल चलिरहेको जानकारी दिए । काठमाडौं उपत्यका बाहेकका जिल्लाहरुमा सम्बन्धित स्थानीय प्रशासनले भने अनुसार नै मालपोत कार्यालयहरुले सेवा दिने भएपनि काठमाडौंका विषयमा भने के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

‘मन्त्री स्तरीय निर्णयबाटै बन्द भएको हो, अब खुल्दा पनि मन्त्री स्तरीय निर्णय ले नै खुल्छ’ उनले भने, ‘अहिले निर्णय नै भइसकेको केही छैन, खुलाउनु पर्छ कि भनेर छलफल भने भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?