२२ भदौ, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका-४ सपहीका २३ वर्षीय युवकको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा आइतबार राति ल ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
श्वासप्रश्वासलगायत कोभिडको लक्षण देखिएका उनी आइतबार दिउँसो अस्पतालमा भर्ना भएका भएका थिए ।
मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको तर रिपोर्ट आउन बाँकी रहेको डाक्टर चौैरसियाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4