+
+

हङकङमा निर्वाचन स्थगित भएको विरुद्धमा प्रदर्शन, तीन सयभन्दा धेरै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २२ गते १२:२५

२२ भदौ, काठमाडौं । हङकङमा संसदीय निर्वाचन एक वर्ष स्थगित गर्ने निर्णयविरुद्ध हङकङमा आइतबार प्रदर्शन भएको छ । यो प्रदर्शनको क्रममा करिब तीन सय मानिसहरु प्रक्राउ परेका छन् । हङकङमा सेप्टेम्बर ६ मा निर्वाचन हुने तालिका थियो । तर, कोरानेा भाइरस (कोभिड-१९) को महामारीको कारण सरकारले यो निर्वाचन एक वर्ष पछि सार्ने निर्णय गरेको थियो ।

प्रदर्शनकारीहरुले सरकारले एक वर्ष निर्वाचन पछि सार्दै मानिसहरुलाई मतदानको अधिकारबाट बञ्चित गर्न खोजेको आरोप लगाउँदै आएका छन् । यसले हङकङको स्वतन्त्रता पनि खोसिनसक्ने उनीहरुको आशंका छ ।

सन् १९९७ मा बेलायतले हङकङ चीनलाई सुम्पिएको थियो । चीनसँग भएको सम्झौता अनुसार हङकङलाई ५० वर्षसम्मको स्वायत्तता दिने निर्णय भएको थियो । गत वर्ष हङकङमा भएको जिल्ला परिषद्को निर्वाचनमा प्रजातन्त्र पक्षधर उम्मेदवारले १८ मध्ये १७ परिषद्मा जित हात पारेका थिए ।

यसअघि निर्वाचनको लागि तोकिएको मिति पारेर आइतबार हङकङमा प्रदर्शन गरिएको हो । उनीहरुले आफूहरुलाई मतदानको अधिकार फिर्ता दिन माग गरेका थिए ।

यसअघि विपक्षी दलका शीर्ष नेतालाई प्रहरीले घृणा फैलाउने अभिव्यक्ति दिएको र सरकारको अपमान गरेको भन्दै पक्राउ गरेको थियो । चीनले हङकङका लागि ल्याएको कडा किसिमको राष्ट्रिय सुरक्षा कानुन अनुसार उनलाई पक्राउ गरिएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?