
२२ भदौ< काठमाडौं । बेलायतमा आइतबार कोरोना भाइरस (कोभिड-१९) का गत मे २२ यताकै सबैभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
बेलायतको सरकारी तथ्यांक अनुसार २४ घण्टामा बेलायतमा कोरोना भाइरसका दुई हजार ९८८ नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो दिनको तुलनामा बेलायतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या आधाले बढेको हो ।
बेलायतका स्वास्थ्यमन्त्री म्याट हानककले पछिल्लो समय युवाहरुमा कोरोना भाइरसको संक्रमण फैलिएकोमा चिन्ता व्यक्त गरेका छन् ।
समग्रमा अहिलेसम्म बेलायतमा कोरोना भाइरसको कारण बेलायतमा तीन लाख ४७ हजार १५२ जना मानिसहरु संक्रमित भइसकेका छन् । साथै बेलायतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ४१ हजार ५५१ पुगेको छ ।
स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4