+
+
Shares

भोलिदेखि बिहीबारसम्म बैंकका सबै शाखा खुला गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २२ गते १८:५४

२२ भदौं, काठमाडौं । मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ । ‘सिमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुन्छ, सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउनका लागि यो निर्देशन जारी गरिएको हो’ बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने ।

अहिले बैंकले एकदमै कम सिमित शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेका छन् । अब शाखा कार्यालय तथा काउन्टरहरु खोले पछि सुरक्षा सतर्कतामा भने विशेष ध्यान दिनु पर्ने कार्यकारी निर्देशक ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?