+
+
Shares

कपिलवस्तुमा मृत्यु भएका पत्रकारमा कोरोना पुष्टि

टोपराज शर्मा टोपराज शर्मा
२०७७ भदौ २३ गते ७:१३

२३ भदौ, बुटवल । कपिलवस्तुमा मृत्यु भएका एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन् ।

कपिलवस्तुको तौलिहवाका ६२ वर्षीय ती पत्रकारको सोमबार दिउँसो मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह र मिर्गौला पनि समस्या थियो । घरमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल तौलिहवा पु¥याइएकोमा अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

उनी नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद पनि थिए ।

यसैबीच नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले प्रेस विज्ञप्ति निकालेर मृतक पत्रकारप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?