+

रोड्रिगेज एभरटनमा अनुबन्ध

२०७७ भदौ  २३ गते ७:४० २०७७ भदौ २३ गते ७:४०
रोड्रिगेज एभरटनमा अनुबन्ध

२३ भदौ, काठमाडौं । प्रिमियर लिग क्लब एभरटनले कोलम्बियाका अट्याकिङ मिडफिल्डर जेम्स रोड्रिगेजलाई अनुबन्ध गरेको छ । सन् २०१४ मा स्पानिस क्लब रियल मड्रिडमा पुगेका रोड्रिगेजले ६ वर्षपछि मड्रिड छाडेका हुन् ।

एभरटनले २० मिलयन पाउण्डमा रोड्रिगेजलाई भित्र्याएको हो । एभरटनले उनीसँग २ वर्षको सम्झौता गरेको छ र अर्को एक वर्ष थप बस्ने विकल्प समेत रहेको छ ।

‘यो उत्कृष्ट क्लबमा अनुबन्ध हुन पाउँदा म एकदमै खुशी छु । क्लबको इतिहास राम्रो छ र यहाँ मलाई चिन्ने प्रशिक्षक पनि छन्,’ २९ वर्षीय रोड्रिगेजले भने । उनले अरुको जस्तै आफ्नो योजनामा पनि क्लबमा उपलब्धी हात पार्ने रहेको बताए ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बुट जितेपछि रियल मड्रिडले उनलाई अनुबन्ध गरेको थियो । तर उनले रियलमा सोचे अनुरुपको प्रदर्शन भने गर्न सकेनन् । नियमित रियलको टिममा पर्न संघर्ष गरेका रोड्रिगेज सन् २०१७ मा लोनमा बायर्न म्युनिखबाट खेलेका थिए ।

बायर्नबाट दुई सिजन लोनमा खेलेर रोड्रिगेज रियल फर्किएका थिए । गत सिजन जिनेदिनको अन्डरमा रोड्रिगेजले जम्मा १४ खेल खेलेका थिए ।

उनले रियलका लागि चार सिजन खेल्दै १२५ खेलमा ३७ गोल गरेका छन् । यस्तै कोलम्बियाको राष्ट्रिय टिमका लागि भने ७६ खेलमा २२ गोल गरेका छन् ।

एभरटन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय