Comments Add Comment

आजबाट बिहीबारसम्म बैंकका सबै शाखा खुल्ने

२३ भदौ, काठमाडौं । आजबाट बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।

‘सीमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुन्छ, सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउनका लागि यो निर्देशन जारी गरिएको हो,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने ।

अहिले बैंकले एकदमै कम शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेका छन् । अब शाखा कार्यालय तथा काउन्टरहरु खोलेपछि सुरक्षा सतर्कतामा भने विशेष ध्यान दिनु पर्ने कार्यकारी निर्देशक ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment