Comments Add Comment

विज्ञ भन्छन् : पर्यटन उद्योग सामान्यमा फर्किन ५ वर्ष लाग्न सक्छ

२३ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित पर्यटन क्षेत्र पहिलाकै जस्तै अवस्थामा फर्कन कम्तिमा ५ वर्ष समय लाग्ने विज्ञहरुले बताएका छन् । कोरोना भाइरसको संक्रमण अझै कति समय लाग्छ भन्ने निश्चित नभएका कारण यसको प्रभाव समेत लामो समय जाने उनीहरुको भनाइ छ ।

पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नहुने विज्ञहरुको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको सेजन अर्थ नीति बहस अन्र्तगत पर्यटनको संभावनाबारे सोमबार भएको छलफलमा सरोकारवालाले पर्यटन अझै पनि पर्ख र हेरकै अवस्थामा रहेको बताएका हुन् ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायत निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए ।

कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रविृत्ति परिवर्तन हुने भन्दै अब ठुलो संख्यामा पर्यटक आउने अवस्था नरहेको उल्लेख गरे ।

‘अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ,’ उनले भने, ‘जहाँ कुनै खास रुचीका आधारमा सेवा दिन सकिन्छ ।’

पर्यटन क्षेत्रमा केही नयाँ आविश्कार गर्न नसके पर्यटक भित्र्याउन मुस्किल हुने बताए । कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिस्चितता बढेको समेत उनले उल्लेख गरे । अब डरलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ ।

होटेल व्यवसायी तथा पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठुलो समस्या परेको जानकारी दिए । उनले पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन चार/पाँच वर्ष लाग्ने बताए । उनले भने, ‘२०२४/२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न ।’

पर्यटन क्षेत्रलाई जीवन्द राख्न सरकार र निजी दुबै क्षेत्रबीच समन्वय हुनुपर्ने उनको भनाइ छ । अहिलेकै अवस्थामा पर्यटक भित्राउन समेत व्यवसायी तयार रहेको भन्दै त्यस्तो वातावरण मात्र राज्यले तयार गर्नुपर्ने उनको भनाइ छ ।

पर्यटक भित्रने अवस्थामा विमानस्थल भित्र उनीहरुको व्यवस्थापन गर्न समेत निजी क्षेत्र तयार रहेको शाक्यले बताए । उनले संकटको समयमा कर्मचारीको तलब, बैंकको ऋण र घर भाडा कटौती नगरे पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन समस्या भएको गुनासो समेत गरे ।

विज्ञ र व्यवसायीले संकटका बीचमा पनि अब गतिविधिलाई अगाडि बढाउनुको विकल्प नभएको भन्दै नेपाल पनि त्यसका लागि तयार भने रहनुपर्ने सुझाव दिएका छन् । संसारका धेरैजसो मुलुकले क्रमशः बोर्डर खुला गर्न थालिसकेका छन् ।

पर्यटकीय उत्पादनसमेत खुल्न थालेका छन् । यस्तो स्थितिमा स्वास्थ्य सुरक्षाको पालना गर्दै गतिविधिहरु संचालनमा जानु पर्ने धारणा विज्ञहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment