+
+

कोरोना भाइरसबारे चीन खुला र पारदर्शी छ : सी चिनफिङ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते १५:००

२३ भदौ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन कोरोना भाइरस (कोभिड–१९) को विषयमा खुला र पारदर्शी रहेको बताएका छन् ।

चीनको राजधानी सहर बेइजिङमा बोल्दै उनले मुलुकमा कोरोना भाइरस नियन्त्रणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने ‘हिरो’हरुप्रति आभार व्यक्त गरेका छन् ।

अमेरिका र अन्य पश्चिमा मुलुकहरुले कोरोना भाइरसबारे चीनमाथि लगाएको आरोपबारे बोल्दै उनले चीनले कोरोना भाइरसको संक्रमणलाई खुला र पारदर्शी रुपमा प्रस्तुत गरेको र त्यसबाट मानिसहरुलाई बचाउन महत्वपूर्ण कदम चालेको पनि उल्लेख गरे ।

राष्ट्रपति चिनफिङले चीनले गरेको अभ्यासलाई पछ्याएको कारण विश्वभर लाखौं मानिस यो महामारीबाट बचेको बताए । उनले महामारीको समयमा पनि सुधार हुने चीन विश्वको एक प्रमुख आर्थिक शक्ति रहेको पनि उल्लेख गरे ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?