Comments Add Comment

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । उनी केही समयअघि आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका हुन् ।

रियामाथि सुशान्तलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको लगायत थुप्रै आरोपहरु लाग्दै आएको छ । यो प्रकरण ड्रग्ससँग जोडिएपछि एनसीबीले हात हालेको हो । एनसीबीले रियालाई धेरै दिनदेखि सोधपुछ गर्दै आएको थियो । पक्राउपछि उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिने छ ।

रिया आज बयानका लागि एनसीबीमा पुगेकी थिइन् । उनी पुगेको केही घन्टापछि उनको गाडी फिर्ता गरिएको थियो । आज रियासँग ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले उनलाई नियन्त्रणमा लिएको हो । पहिलो दिन उनलाई ६ घन्टासम्म सोधपुछ गरेको थियो भने दोस्रो दिन ८ घन्टा सोधपुछ गरिएको थियो । यसअघि ड्रग्स खरिद गरेको आरोपमा रियाका भाई शोविक चक्रवर्तीलाई पनि पक्राउ गरिएको थियो ।

रियाले आफूले सुशान्तका लागि यी सबै काम गरेको बयान दिएको भारतीय मिडियामा उल्लेख छ ।

यसैविच, नायिका चक्रवर्तीको उजुरीपछि बान्द्रा प्रहरीले सोमबार सुशान्तकी बहिनी प्रियंका सिंह र दिल्लीमा अवस्थित मनोहर लोहिया अस्पतालका डाक्टर तरुण कुमारको विरुद्धमा एफआइआर दर्ता गरेको छ । सुशान्तको आत्महत्यामा उनलाई उत्प्रेरित गरेको आरोप रियाले लगाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment