+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बैङ्ककाे डेपुटी सीईओ नियुक्तिका लागि अब सिफारिस समिति चाहिने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते १८:११

२३ भदौं, काठमाडौं । बैङ‍्क तथा वित्तीय संस्थाहरूले अब नायब प्रमुख कार्यकारी अधिकृत नियुक्ति वा पदोन्नतिका लागि सिफारिस समिति गठन गर्नुपर्ने भएको छ । राष्ट्र बैङ्कले एकीकृत निर्देशनमार्फत यस्तो व्यवस्था गरेको हो ।

सिफारिस समितिको अध्यक्ष भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) नै हुने उल्लेख गरिएको छ । यसअघि प्रमुख कार्यकारी अधिकृतले मात्रै सिफारिस गर्न सक्ने व्यवस्था थियो । अब भने समिति नै गठन गर्नुपर्ने भएको छ ।

‘नायब कार्यकारी प्रमुख पदमा बढुवा वा नयाँ पदपूर्ति प्रक्रियाबाट नियुक्ति गर्दा कार्यकारी प्रमुखको अध्यक्षतामा गठित उपसमितिको सिफारिसमा समितिले गर्नुपर्नेछ’ संशोधित निर्देशनमा भनिएको छ ।

नायब कार्यकारी प्रमुखभन्दा तल्लो तहका कर्मचारीको बढुवा वा नयाँ पदपूर्ति गर्दा भने प्रमुख कार्यकारी अधिकृतको निकटतम तल्लो वरीयताको पदाधिकारीको संयोजकत्वमा गठित पदपूर्ति समितिको सिफारिसमा कार्यकारी प्रमुखले नियुक्ति गर्न सक्ने निर्देशनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?